ओली सरकारले सगरमाथा चीनसँग बेच्योः कांग्रेस नेता डा.सिंह

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद डा.अमरेशकुमार सिंहले सगरमागालाई राष्ट्रियताको चर्को कुरा गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले चीनसँग बिक्री गरेको आरोप लगाएका छन् ।

प्राइम टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा कांग्रेस नेता डा.सिंहले सगरमाथालाई ओली सरकारले चीनसँग सेयर गरेको बताए ।

‘सगरमाथा नेकेड भाषामा भन्ने हो भने सरकारले बेचेको भन्न मिल्छ । डिप्लोमेटिक भाषामा भन्ने हो भने सेयर गरेको छ’, उनले भनेका छन्, ‘अहिलेको यथार्थता यही हो ।’

‘ओली सरकारले सगरमाथा चीनलाई बेच्यो’, कांग्रेस नेता डा.सिंहले भनेका छन्, ‘जबजब धेरै राष्ट्रियताको चर्को कुरा उठ्छ इतिहाँस साक्षी छ । हाम्रो प्रकृतिक स्रोत घाटामा छ ।’

कांग्रेस नेता डा.सिंहले सगरमाथा ओली सरकारले चीनसँग सेयर गरेको विषयमा एउटा उदाहरण दिँदै भनेका छन्, ‘मेरो घडी मैले मात्रै हेर्छु भने त्यो मेरो हो । तर, यो मेरो घडी तपाइ र मैले हेर्छौं भने त्यो साझा हुन्छ । सगरमाथा पनि यो सरकारले चीनसँग त्यही गरेको छ ।’

तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस नेता वीपी कोइरालाले माओत्सेतुङलाई कन्भिन्स गरेर सगरमाथाको पानीढलोदेखिको भाग नेपालको बनाएका थिए । चीनले सगरमाथालाई यस अगाडि दाबी गरेको थिएन ।

तर, ओली सरकारले नयाँ उचाइँको तथ्याङ्क नाप्ने बहानामा चीनसँग मिलेर उचाइँ नापेर तथ्याङ्क सार्वजनिक गरेपछि विवाद खडा भएको छ ।

केही महिना अगाडि चीनको मुख पत्र रहेको पत्रिकाले सगरमाथालाई चीनको नक्साभित्र राखेर तस्वीर सार्वजनिक गरेको थियो । त्यस बेला चीनको धेरै विरोध भएको थियो ।

चीनले सगरमाथालाई आफ्नो नक्साभित्र पारेको केही महिनाभित्रै ओली सरकारले चीनसँग सगरमाथा सेयर (साझा) बनाएको भनेर कांग्रेस नेतासहितका व्यक्तिहरूले टिप्पणी गर्न थालेका छन् ।

Published : Wednesday, 2020 December 9, 2:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया