ओली हटे भने राष्ट्रपति भण्डारीलाई यसरी हुनेछ सबैभन्दा ठूलो खतरा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई सबैभन्दा धेरै प्रहार पार्टीभित्रैबाट भएको छ । ओलीले सबै प्रहारहरूलाई अहिलेसम्म थेगेर सरकारमा बसेका छन् । नेकपाका सबै कमिटीका बहुमत सदस्यहरू ओलीविरुद्ध छन् । तैपनि ओलीले सबैलाई तर्साएर राखेका छन् । ओली टसमस नभएपछि अवस्था झन् तनाबग्रस्त हुन्छ कि भन्ने धेरैको अनुमान छ । असहयोग जारी रह्यो भने ओलीले अन्तिम समयमा कुनै पनि कदम उठाउने पक्षमा हुन सक्छन् ।

ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन छ । भण्डारीको साथ रहँदासम्म ओलीलाई कसैले पनि हल्लाउन सक्नेछैनन् । ओलीले सरकारमा बसिरहन के–के उपाय अपनाउन सकिन्छ सबै गर्न तयार छन् । ओलीले पार्टीभित्र हुने सबै आलोचनालाई थाँती राखेर विरोधीहरूलाई तह लगाएर कुर्सीमा बस्नेछन् ।

हुन त नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्य र राष्ट्रपति भण्डारीबीच बोलचाल नै छैन । शाक्यले तत्कालीन समयमा राष्ट्रपतिमा झलनाथ खनाललाई बनाउन खोजेकी थिइन् । ओलीले भण्डारीलाई साथ दिएका थिए । यी र यस्ताखालका समीकरणले गर्दा भण्डारीले शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बन्नबाट रोकेकी थिइन् ।

ओलीले सरकारको आलोचना हुन्छ भनेर पार्टीका कुनै पनि कमिटीको बैठक नबसोस् भन्ने पक्षमा छ । उनको गतिविधिलाई राष्ट्रपतिले साथ दिएकै कारण नेकपाभित्र विभाजनको रेखा कोरिएको आरोप लागेको छ । नेकपाभित्र हुने विवादलाई मिलाउन ओलीले नेताहरू भेट्ने गरेकी छिन् ।

ओलीलाई प्रधानमन्त्री पदबाट हटाएपछि राष्ट्रपति भण्डारीलाई पनि हटाउने भनेर चर्चा छ । भण्डारीले आफूलाई नेकपाले हटाउँछ कि भनेर डर छ । नेकपाभित्र राष्ट्रपति भण्डारीको अस्वभाविक चलखेल भयो भने नेताहरूले आलोचना गरिरहेका छन् । नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यले पनि ओली प्रधानमन्त्रीबाट हट्ने हो भने राष्ट्रपतिबाट भण्डारीलाई पनि हटाउने भनेर सडकमा कुराहरू सुनिएको एउटा अन्तर्वार्तामा भनेकी छिन् । शाक्यले भण्डारीलाई हटाउने भन्ने विषयमा पार्टीमा कुनै छलफल नभएको पनि बताएकी छिन् ।

Published : Saturday, 2020 December 5, 6:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया