तनहुँ घटनापछि देउवाले बोलाए आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको गिरफ्तारीका विषयमा छलफल गर्न पदाधिकारीहरूको आकस्मिक बैठक बोलाएका छन् ।

बैठक शुक्रबार दिउँसो दुई बजे बुढानिलकण्ठमा बस्नेछ । बैठकमा नेता पौडेललाई गृहजिल्ला तनहुँमा बुधबार पुल उद्घाटनका क्रममा भएको दुर्व्यवहारका विषयमा केन्द्रित हुने एक नेताले बताएका छन् ।

तनहुँको व्यास नगरपालिका– १, १० र ११ जोड्ने तालघरे–दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्ने क्रममा नेता पौडेललाई प्रहरीले पक्राउ गरी तीन घण्टा राखेको थियो ।

Published : Thursday, 2020 December 3, 6:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया