कम्युनिस्ट सरकारविरुद्ध काठमाडौंसहित ठाउँ–ठाउँमा कांग्रेसको भव्य प्रदर्शन

काठमाडौं । कम्युनिस्ट सरकारको हर्कतविरुद्ध नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा भव्य प्रदर्शन गरेको छ

बुधबार साँझ नेविसंघले काठमाडौंको माइतीघर मण्डलामा कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेको नेविसंघका अध्यक्ष राजिव ढुंगानाले जानकारी दिए ।

नेविसंघका नेता कार्यकर्ताले प्रधानमन्त्री केपी ओली र कम्युनिस्ट सरकार तथा प्रहरी प्रशासनविरुद्ध नारावाजी गरेका थिए ।

प्रदर्शनकारीले कांग्रेसको मौनतालाई कमजोरीका रुपमा नलिन कम्युनिस्टहरूलाई चेतावनी दिएका छन् ।

तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको विरोधमा काठमाडौंसहित विभिन्न स्थानमा प्रदर्शन भएका छन् ।

Published : Wednesday, 2020 December 2, 7:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया