ओली–दाहालको प्रतिवेदनमा छलफल, बैठक रोक्न ओलीको प्रस्ताव

काठमाडौं । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्तावमाथि सचिवालयमा छलफल भएको छ ।

बालुवाटारमा मंगलबार बसेको बैठकमा नेताहरू धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । दुइटा प्रतिवेदनमाथि टिप्पणी गर्ने क्रम जारी रहेकाले बैठक बुधबार पुनः बस्नेछ ।

ओलीले पार्टीभित्र विवाद भएका बेला बैठकहरू राख्न नहुने सुझाव दिएका थिए । उनले विवादहरूलाई पहिला अनौपचारिक रुपमा मिलाएर बैठक राख्दा उपयुक्त हुने बताएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली सचिवालयसहितका बैठक बोलाउने पक्षमा छैनन् । दाहाल समूह भने बैठकहरूबाटै निकास खोज्नुपर्ने पक्षमा छ ।

Published : Tuesday, 2020 December 1, 5:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया