चिनियाँ रक्षा मन्त्रीलाई अति विशिष्ट कक्षमा अपमान, गृह मन्त्रीले मर्यादा भुले

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङहेको स्वागतमा खटिएका गृहमन्त्री रामबहादुर थापाले कुटनीतिक मर्यादा विपरितको कार्य गरेको भन्दै आलोचना भएको छ ।

आइतबार सीमित घण्टाको भ्रमणका लागि काठमाडौं आएका चिनियाँ रक्षामन्त्री फेङहेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न गृहमन्त्री थापा पुगेका थिए ।

अति विशिष्ट कक्षमा थापाले स्वागत गर्ने क्रममा कुटनीतिक व्यवहारको आचारण प्रस्तुत गरेको आरोप लागेको छ ।

चिनियाँ रक्षामन्त्री फेङहे शालिन अवस्थामा सोफामा बसेका छन् । तर, नजिकै रहेका गृहमन्त्री थापा सोफामा पसारिएर दुइटै खुट्टा लामो बनाएर खपाएर बसेका छन् ।

गृहमन्त्री थापा र चिनियाँ रक्षामन्त्री फेङहे सोफामा बसेका तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

थापाले पाहुनालाई कसरी स्वागत गर्नुपर्छ भन्ने सामान्य आचरण पनि नदेखाएको भनेर आलोचना भएको छ ।

Published : Sunday, 2020 November 29, 5:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया