सरकार भ्रष्टाचारमा डुब्ने, भ्रष्टलाई ओलीले बचाउनेः बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ ईकाइ कार्यसमितिको व्यवस्थापनमा नेपाली कांग्रेसको खेलकुद विभागद्वारा आइतबार आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले बस्नेतले वाइडबडीदेखि ओम्नी, यती काण्ड मच्चाएको बताए । उनले आफ्ना आसेपासेलाई पोसाउनेभन्दा ओलीले केही काम गर्न नसकेको बताए ।

‘कमाउनका लागि कम्युनिस्टहरू लाइन लागेर बसेका छन् । अवसर पाउन लाइन लागेका छन्’, बस्नेतले भने, ‘कम्युनिस्टहरूलाई भने जस्तो भएन भने काटमार गर्छन्’, उनले भने, ‘हामीले दिएको रगत ती कम्युनिस्टलाई काम लाग्छ । रगतमा मानवीयता छ । रगत पैसा तिरेर पनि पाइँदैन ।’

देशभरिका खेलाडी र तरुणहरूले रगत अभाव नहुन रक्तदान गरेको उनले बताएका छन् ।
सरकारले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको बताएका छन् ।

‘हामीले १६ रुपियाँमा किनेको मास्क सररकाले ६५ रुपियाँमा किनेको छ । ल्याएका स्वास्थ्य सामग्री नक्कली भनेर गोदाममा थन्काएर राखिएको छ’, उनले भने, ‘ त्यसको पैसा कसले तिर्ने ? ओलीले तिर्ने हो ?’

‘वाइड बडीमा प्रधानमन्त्रीले भ्रष्टाचार भएको छैन भन्नुभयो । आफ्नो पार्टीका मान्छेलाई बचाउनुभयो’, उनले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा ठूलो रकम भ्रष्टाचार भएको छ । अख्तियारले छानविन गर्नुपर्छ ।’

कांग्रेसको साथले गर्दा सरकारले लिलपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा पास भएको बताएका नेता बस्नेतले भने, ‘नक्सा छापिएको किताव ओलीले रोकेका छन् । कालापानी र महाकाली सन्धिमा प्रधानमन्त्रीजी तपाईको राष्ट्रवाद देखिएको छ । बस्नेतले छ अरब रुपियाँ ओलीले आफ्ना आसेपासेलाई दिन राखेको बताएका छन् ।

कांग्रेस नेता बस्नेतले दक्षिण एसियामा कोरोनाबाट सबैभन्दा जोखिममा नेपाल परेको बताए । ‘भ्रष्टाचार छ । पैसा तिर्छुभन्दा पनि औषधि खान पाएका छैनन् । उपचार पाएको छैन’, उनले भने, ‘टिचिङ अस्पतालको कर्मचारी पनि उपचार नपाएर मृत्यु भयो ।’

‘जताततै रगतको अभाव छ । पैसाले रगत किन्न पनि पाइन्न । कांग्रेसले रगत दिन्छ । बुरुक बुरुक उफ्रिने अनेरास्ववियु पनि चुप बसेको छ’, बस्नेतले भने, ‘कांग्रेसले आफ्नो गरिमालाई धान्दै रक्तदान गर्छ ।’

‘कम्युनिस्टमा पनि राम्रा मान्छे छन् । कम्युनिस्टले पनि रगत दिएका छन् । सिन्धुपाल्चोकमा ४ जना कम्युनिस्टले रगत दिएका छन् ।’

‘कोरोनाले जहाँ जनतालाई आक्रमण गर्छ सबैभन्दा पहिला राजनीतिक व्यक्तिहरूले अगाडि गएर काम गर्नुपर्छ ।

विगतमा प्रधानमन्त्री र राष्ट्रपतिले घरभित्र बस्न भनेर निर्देशन दिएर ठूलो अन्याय गरेको उनले बताएका छन् ।

Published : Sunday, 2020 November 29, 1:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया