ओलीले प्रचण्डको प्रतिवेदनलाई ‘नाङ्गेझार’ बनाइदिए, कालोनिलो बने प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का एक–एक हर्कतको भण्डाफोर गरेका छन् ।

बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा ओलीले प्रचण्डका हालसम्मका हर्कतको बुँदासहित भण्डाफोर गरेका हुन् ।

प्रचण्डले ३० वर्षदेखि पार्टीमा नेतृत्व गरेको देखि छोरी रेणु दाहाललाई मेयर बनाउन मतपत्र च्यातेसम्मका घटनालाई बाहिर ल्याएका छन् ।

ओलीले वाइडबडी काण्डमा पनि प्रचण्डलाई मुछेका छन् । अन्य थुप्रै भ्रष्टाचारका काण्डमा पनि ओलीले दाहाललाई मुछेका छन् ।

ओलीले आफ्नो सरकारले गरेका कामहरूको पनि सूची सार्वजनिक गरेका छन् । ओलीले पार्टीलाई बचाउन विभिन्न प्रस्तावहरू पनि प्रस्तुत गरेका छन् ।

ओलीले प्रचण्डलाई राजनीतिक प्रतिवेदनमार्फत ‘नाङ्गे झार’ बनाएका छन् । प्रचण्ड बालुवाटारबाट निस्कने क्रममा कालो अनुहार लिएर बाहिरिएको सञ्चारकर्मीहरूले देखेका थिए ।

Published : Saturday, 2020 November 28, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया