भारतीय विदेश सचिवद्वारा नेपाली भाषामा खररर सम्बोधन

काठमाडौं । भारतीय विदेशसचिव हर्षबर्द्धन श्रीङ्गलाले नेपाली भाषामा बोलेर नेपालमा सबैलाई चकित तुल्याइदिएका छन् ।

बिहीबार बिहान नयाँदिल्लीबाट सिधै काठमाडौं ओर्लिएका विदेशसचिव श्रीङ्गलाले नेपालका मिडियाका सम्वाददाताहरूसँग नेपाली भाषामा कुरा गरेका थिए । बोल्ने क्रममा बेलाबेला अड्किएका श्रीङ्गलाले राम्रोसँग नेपाली भाषामा बोलेका थिए ।

भारतीय विदेशसचिव श्रीङ्गलाले नेपाली भाषामा बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

Published : Friday, 2020 November 27, 12:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया