देउवाले सह–महामन्त्री र केन्द्रीय सदस्यहरूलाई पत्र थमाइदिए, दुई जना आएनन्

काठमाडौं । राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका पूर्वमन्त्री सुनिलबहादुर थापासहितका नेताहरूले केन्द्रीय कार्यसमितिमा औपचारिक रुपमा प्रवेश पाएका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा सभापति शेरबहादुर देउवाले बुधबार थापालाई सह–महामन्त्रीमा मनोनीत गरिएको पत्र थमाइदिएका छन् । कातिक २८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापालाई सह–महामन्त्रीमा मनोनीत गर्ने निर्णय गरेको थियो ।

राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका ९ जना नेताहरूलाई पनि सभापति देउवाले केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य बनाएको पत्र थमाइदिएका छन् ।

साउन १३ गते राप्रपा छाडेर थापाको नेतृत्वमा १६ केन्द्रीय सदस्य कांग्रेसमा प्रवेश गरेका थिए ।

केन्द्रीय सदस्यको पत्र पाउनेमा रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, वावुराम बस्नेत, बृजलाल यादव, किरण गिरी र टिएन योगी रहेका छन् ।

आमन्त्रित केन्द्रीय सदस्यको पत्र पाउनेमा दिलिप राई, आशाराम चौधरी र राजेशबहादुर सिंह रहेका छन् । दुई जना आमन्त्रित केन्द्रीय सदस्यहरू चौधरी र सिंह पत्र लिन आएनन् ।

Published : Wednesday, 2020 November 25, 3:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया