कांग्रेसले जहाँ जित्छ, त्यहाँको विकास आफै हुन्छः मोहनबहादुर बस्नेत

बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कम्युनिस्टहरूसँग बुद्धि नरहेको बताएका छन् ।

बाह्रबिसे नगरपालिका–९ राम्चेमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले कम्युनिस्टहरूले चोर्न, लुट्ने, तस्करी गर्न मात्रै जानेको आरोप लगाए । उनले भने, ‘कम्युनिस्टसँग बुद्धि छैन । सुन बोक्ने, चोर्ने, लुटने, । होइड्रको नाममा पैसा संकलन गरेर बैंकमा राखेर ब्याज खाएका छन् ।’

नेकपाभित्र ठूलो विवाद रहेको उनले बताए । ‘पसौमा पुष्पकमल दाहाल निकटका कार्यकर्तालाई खड्गप्रसाद ओली समूहकाले मारेका छन्’, बस्नेतले भने, ‘ओली समूहले दवाव दिएर हत्यामा संलग्नविरुद्ध मुद्धा दर्ता गर्न दिएन ।’

सिन्धुपाल्चोकमा पनि कम्युनिस्टहरूले कांग्रेसका नेता कार्यकर्ताहरूविरुद्ध मुद्धा दर्ता गरेर दुःख दिने गरेको पूर्वमन्त्री बस्नेतले बताए ।

कांग्रेसले जितेको ठाउँमा विकास आफै आउने उनले बताएका छन् । ‘कांग्रेस पराजित भए पनि सिन्धुपाल्चोकको सरकार कांग्रेस नै हो । कांग्रेसका विरुद्धमा धावा बोल्न खोजियो भने भोलिका दिनमा देखाइदिन्छौँ’, कांग्रेस नेता बस्नेतले भनेका छन् ।

‘हामीले जिते पनि नजिते पनि विकास गर्ने भनेको कांग्रेस नै हो’, उनले भने, ‘कम्युनिस्टले हामीलाई धेरै मुद्धा लगाएका छन् । कांग्रेसमा प्रवेश ग¥यो भनेर कम्युनिस्टले ख¥याकखुरुक गरे भने जवाफ पाउँछन् ।’

‘कम्युनिस्टको मति भ्रष्ट भएर देश बरबाद भएको छ’, कांग्रेस नेता बस्नेतले भने, ‘केपी ओलीले रातारात भारतीय गुप्तचरको प्रमुखलाई भेट्नु हुन्छ । किताबमा लिपुलेक, कालापानी र लिम्पियाधुरा राखिएको नयाँ नक्सा राखेर पढन दिने बेला ओलीले रोक्नुभयो ।’

‘केपी ओलीभन्दा ठूलो दलाल कोही पनि छैन’, उनले भने, ‘भारतीय गुप्तचर प्रमुखलाई बालुवाटारमा भेटेर प्रमाणित भएको छ ।’

अब आउने निर्वाचन कांग्रेसले जित्ने उनले बताएका छन् । ‘गाउँलाई कांग्रेसमय बनाउनुपर्छ । कांग्रेसमय भयो भने गाउँको विकास आफै हुन्छ’, बस्नेतले भनेका छन् ।

Published : Saturday, 2020 November 21, 12:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया