प्रहरीभित्र ‘चेनअफ कमाण्ड’ भत्काउन खोज्दै कम्युनिस्ट सरकार

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले नेपाल प्रहरीभित्र कसैले चाल नपाउने गरि ‘चेनअफ कमाण्ड’ भत्काउने हर्कतहरू गरेको छ ।

एक एआईजी थप गरेसँगै प्रहरीभित्र खैलाबैला भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको दवावमा एआईजी थप भएको चर्चा र आरोप प्रहरीभित्र छ । एआईजीको दरबन्दी थप गर्ने निर्णयको पूर्वजानकारी गृहमन्त्री रामबहादुर थापा र आईजीपी शैलेस थापा क्षेत्रीलाई समेत जानकारी नरहेको समाचारहरू आइरहेका छन् ।

उप–प्रधानमन्त्री पोखरेलको दवावमा वरीयता र चेनअफ कमाण्डलाई बेवास्ता गर्दै यसअघि विश्वराज पोखरेललाई एसएसपीबाट डीआईजीमा सरकारले बढुवा गरेका थियो ।

विश्वराज पोखरेलले आफूभन्दा सिनियरहरूलाई उछिनेर एक्लै डीआईजी भएपछि सिनियर एसएसपीहरू त्यस बेला रिसाएका थिए । त्यस बेला प्रहरीभित्र खैलाबैला भएको थियो ।

अहिले पनि कम्युनिस्ट सरकारले एउटा एआईजी थप गरेर प्रहरीभित्रको चेनअफ कमाण्ड भत्काउन खोजेको त होइन भन्ने प्रश्न उठेको छ । उप–प्रधानमन्त्री पोखरेलकै दवावमा डीआईजी विश्वराज पोखरेललाई एआईजी बनाउन यति ठूलो षड्यन्त्र भएको चर्चा छ ।

डीआईजीमा विश्वराज पोखरेल सिनियर भएपनि उनीभन्दा सिनियरहरूलाई यसअघि नै एसएसपीबाट डीआईजी बढुवामा ‘कु’ भइसकेको छ । यस पटक पनि सरकारले त्यही प्रक्रिया अपनाउँछ कि भन्ने धेरैको आशंका छ ।

उप–प्रधानमन्त्री पोखरेलको आशीर्वाद पाएका डीआईजी विश्वराज पोखरेलफेरि पनि एक्लै एआईजी बन्ने दाउमा छन् । विश्वराजलाई नै एआईजी बनाउन एउटा पद थपिएको चर्चा प्रहरीभित्र छ ।

डीआईजीबाट एआईजी बन्ने दौडमा सहकुलबहादुर थापा र धिरजप्रताप सिंह पनि छन् ।

उनीहरूलाई उछिनेर विश्वराजले एआईजी पाउन सके भने भावी आईजीपी उनीनै बन्नेछन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रहरीभित्रको मर्यादा, चेनअफ कमाण्ड सबै कुरालाई व्यवस्थापन गर्न उचित कदम उठाउछन् वा उठाउँदैनन् भविष्यमा थाहा हुनेछ ।

प्रहरीका डीआईजीहरूले प्रधानमन्त्री पहिला गृह मन्त्री समेत भइसकेको व्यक्ति भएकाले यस पटक डीआईजीबाट एआईजी बढुवा गर्दा विशेष ध्यान दिएर चेनअफ कमाण्ड भत्किन नदिनेमा आशावादी छन् ।

Published : Friday, 2020 November 20, 9:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया