हिन्दूराष्ट्र र राजसंस्थाको माग गरेर धनगढीमा भव्य प्रदर्शन, हजारौँ समर्थक सडकमा उत्रिए

धनगढी । हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थानाको माग गरेर कैलालीको धनगढीमा भव्य प्रदर्शन भएको छ ।

बिहीबार सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिकको आयोजनामा हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै हजारौँको संख्यामा सडकमा आएका समर्थकले प्रदर्शन गरेका हुन् ।

हिन्दूराष्ट्र पुनःस्थापना, संघीयताको खारेजी र संवैधानिक राजसंस्था स्थापना गर भन्ने जस्ता माग राखेर उनीहरूले प्रदर्शन गरेका थिए ।

उनीहरूले धनगढीको बुद्ध चोकबाट मोटरसाईकल र्‍याली निकालेका थिए । र्‍याली अत्तरिया पुगेर पुनः धनगढी नै फर्किएको थियो ।

मोटरसाईकल र्‍याली धनगढीमा पुनः आएर कोण सभा सभामा परिणत भएको थियो ।

कोण सभामा सम्बोधन गर्नेहरूले देशमा राजसंस्थाको आवश्यक्ता रहेको भन्दै राजा आए देशको विकास हुने बताएका थिए ।

हिन्दूराष्ट्र पुनःस्थापना, संघीयताको खारेजी र संवैधानिक राजसंस्था स्थापनाको माग गर्दै पछिल्लो समय देशका मुख्य शहरहरूमा र्‍याली, सभा र प्रदर्शन हुँदै आएका छन् ।

यसअघि बुटलवमा पनि राजसंस्था र हिन्दूराष्ट्रको पुनःस्थापनाको माग गरेर भव्य प्रदर्शन भइसकेको छ ।

Published : Thursday, 2020 November 19, 8:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया