दाहालका कारण तनाबमा ओली, भण्डारीसंग भेटवार्ता

काठमाडौं । पार्टीभित्र दवावमा रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

बुधबार शीतलनिवास पुगेर ओलीले भण्डारीसँग भेट गरेका हुन् । भेटमा भएको सम्वादका विषयमा केही भनिएको छैन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनबाट असन्तुष्ट बनेका ओलीले प्रतिवेदन फिर्ता गराउन विभिन्न तिकडमहरू गर्दै आएका छन् ।

दाहालका कारण ओली तनाबमा छन् । ओली र दाहालका कारण नेकपा फुटको संघारमा रहेको चर्चा समेत भइरहेको छ ।

ओलीले नेकपाभित्रको विवाद भइरहेका बेला राष्ट्रपति भण्डारीलाई पटक–पटक भेट गरिसकेका छन् ।

ओलीले नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीसँग पनि मंगलबार राति बालुवाटारमा भेट गरेका छन् ।

Published : Wednesday, 2020 November 18, 12:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया