दाहालले तनाब दिएपछि ओलीको कार्यक्रमनै बिथोलियो

काठमाडौं । पार्टीभित्र विवाद बढीरहेका बेला झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको ताप्लेजुङ भ्रमणको कार्यक्रम स्थगित भएको छ ।

ओलीले मंसिर ५ गते ओलाङचुङगोला र घुन्साको भ्रमण गर्ने कार्यक्रम थियो । पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण तनाबमा रहेका ओलीले ओलाङचुङगोला र घुन्साको कार्यक्रम रद्ध गरेको स्रोतले जनाएको छ ।

नेपाल–चीन सिमाना टिप्ताला भन्ज्याङ र ओलाङचुङगोलाको सीमा सुरक्षा पोस्ट अवलोकन तथा घुन्सा फाउन्डेसनको भवन उदघाटन गर्ने कार्यक्रम तय भएको थियो ।

नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनका कारण पार्टीभित्र विवाद छ । सो विवाद मिलाउन ओलीले प्रयासहरू गरिरहेका छन् ।

ओली समूहले दाहालद्वारा पेश गरिएको प्रतिवेदनलाई ‘अभियोग पत्र’ भनेर टिप्पणी गर्दै आएको छ ।

ओलीबाट विगतका सहमति कार्यान्वयन नभएको भन्दै दाहाल समूहले सचिवालय बैठकमा आफूलाई कडा रुपमा प्रस्तुत गरेको छ । दाहाललाई ओली समूहले राजनीतिक प्रतिवेदन फिर्ता लिन कठोर दवाव दिँदै आएको छ ।

Published : Tuesday, 2020 November 17, 10:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया