काठमाडौंमा आगलागी हुँदा एकको मृत्यु, दुई घाइते

काठमाडौं । काठमाडौंको कपनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आइतबार राति बालुवाखानी चोकस्थित नारायणबहादुर बस्नेतको घरमा आगलागी हुँदा उनको घरमा भाडामा बस्ने नुवाकोट शिवपुरी–५ घर भएका कृष्णबहादुर तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) श्यामलाल ज्ञवालीले जानकारी दिए ।

एसएसपी ज्ञवालीका अनुसार बस्नेतको घरमा डेरा गरी बस्ने तामाङको कोठामा विद्युत सर्ट भई आगलागी थियो ।

आगलागीमा तामाङकी बहिनी बिपना तामाङ र उनका छोरा कृष्ण घाइते भएका छन् ।

उनीहरूलाई उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएको एसएसपी ज्ञवालीले जानकारी दिए ।

बिपना ११ महिने छोरो लिएर तिहार मनाउन दाजुकोमा आएकी थिइन् । आगो राति करिब २ बजे नियन्त्रणमा आएको छ ।

Published : Tuesday, 2020 November 17, 7:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया