चौध दिनपछि घर फर्किए कांग्रेस केन्द्रीय सदस्य मन्सुर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री फरमुल्लाह मन्सुर कोरोनाभाइरसको संक्रमणबाट निको भएका छन् ।

गृहजिल्ला बारामा रहेका बेला मन्सुरलाई कोरोनाको संक्रमण भएको थियो । संक्रमणले समस्या भएपछि मन्सुरलाई हेलिकप्टरबाट काठमाडौं ल्याएर उपचार गरिएको थियो ।

अस्पतालमा १४ दिन उपचारपछि कोरोना संक्रमणबाट निको भएको कांग्रेस केन्द्रीय सदस्य मन्सुरले बताएका छन् ।

उनले आफ्नो स्वास्थ्यका विषयमा चासो र चिन्ता देखाएकोमा सबैलाई धन्यावाद दिएका छन् ।

Published : Tuesday, 2020 November 17, 6:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया