प्रचण्डले नङ्ग्याएपछि शीतल निवासको शरणमा ओली

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग झण्डै दुई घण्टा लामो भेटवार्ता गरेका छन् ।

शुक्रबार बसेको सचिवालय बैठकमा दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिखित रुपमा विभिन्न आक्षेपहरू लगाएर ओलीलाई नङ्ग्याएपछि विवाद भइरहेका बेला ओलीले शनिबार राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । भेटमा भएको सम्वादका विषयमा केही भनिएको छैन ।

स्रोतले पार्टीभित्र आफूलाई परेको समस्याका विषयमा ओलीले भण्डारीसँग परामर्श गरेका छन् ।

यसअघि पनि ओलीले आफूलाई पार्टीमा समस्या पर्दा भण्डारीलाई भेटेर नेताहरूलाई दवाव दिँदै आएका थिए ।

भण्डारीले पनि आफ्नो पदीय मर्यादा विपरित नेकपाका नेताहरूलाई बोलाएर ओलीलाई साथ दिन दवाव दिने गरेको यसअघि समाचार सार्वजनिक भइसकेका छन् ।

यस पटक पनि ओलीलाई पार्टीभित्र दाहाल समूहले समस्या बनाएपछि शीतल निवासको सहयोग र भूमिका खोजेका छन् । भण्डारीको जादु चल्छ वा चल्दैन हेर्न बाँकी छ ।

Published : Saturday, 2020 November 14, 10:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया