कांग्रेसद्वारा नयाँ सह–महामन्त्री मनोनीत

काठमाडौं । नेपाली कांग्रेसले सुनिलबहादुर थापालाई नयाँ सह–महामन्त्री बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेर कांग्रेसमा प्रवेश गरेका थापालाई कांग्रेसले सह–महामन्त्री बनाएको हो ।

ललितपुरको सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापालाई सह–महामन्त्री बनाउने निर्णय गरेको सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

महामन्त्री पूर्णबहादुर खड्काले विभिन्न दलबाट कांग्रेस प्रवेश गरेकाहरूलाई समायोजन गर्नेसम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

थापासँग राप्रपाबाट आएका ९ जनालाई केन्द्रीय सदस्य बनाइएको छ । त्यसमध्ये केहीलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।

Published : Friday, 2020 November 13, 5:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया