चीनद्वारा कांग्रेससँग शत्रुको व्यवहार, कांग्रेसको राष्ट्रियतामाथि प्रश्न उठायो

काठमाडौं । चीनले नेपाली कांग्रेसको राष्ट्रियतामाथि प्रश्न उठाएर गम्भीर आक्षेप लगाएको छ ।

कांग्रेसले कहिल्यै पनि आफ्ना मित्र राष्ट्रहरूविरुद्ध कुनै गतिविधि गरेको छैन । दुई मित्र राष्ट्र चीन र भारतलाई चिढ्याउने नीति कांग्रेसको कुनै पनि दस्तावेजमा देखिदैन ।

हुम्लामा चीनले नेपाली भूमि मिचेको विषयमा कांग्रेसले आवाज उठाउँदा भारत र पश्चिमा राष्ट्रहरूसँग मिलेर कांग्रेसले चीनविरुद्ध गतिविधि गरेको आरोप लगाएको छ । कांग्रेसका लागि चीनले लगाएको यो आरोप सैह्य छैन ।

कांग्रेसका नेताहरूले चीनको आरोपलाई गम्भीरतापूर्वक लिएको जनाएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ । बैठकले चीनको आरोपका विषयमा स्पष्ट पार्नेछ ।

चीन सरकारको मुखपत्र ग्लोबल टाइम्स पत्रिकाले कांग्रेससहितका शक्तिले नेपाल र चीन सीमा विवादको आधारहीन हल्ला फैल्याए भन्ने शीर्षकमा समाचार सार्वजनिक गरेको थियो । त्यो समाचारले कांग्रेसको राष्ट्रियतामाथि गम्भीर प्रश्न उठाएको छ ।

चीनले नेपाली कांग्रेस भनेको कम्युनिस्ट जस्ता गति छाडा हुँदैनन् भन्ने कुरा बुझ्न जरुरी छ ।

कांग्रेसले आफ्नो मुलुकको एक ईञ्च जमीन भारत होस् वा चीन कसैलाई पनि मिच्न दिँदैन । कसैले मिच्यो भने आवाज उठाउँछ । अवाज उठाउँदै आएको पनि छ ।

नेपालमा झण्डै दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई साथ दिए जस्तो गर्दै आएको चीनले कांग्रेसमाथि धावा बोलेको छ । चीनले आफ्नो औकात भुलेको छ । कांग्रेसमाथि चीनले लगाएको आरोप फिर्ता लिन कांग्रेस नेताहरूले दवाव दिनुपर्छ ।

चीनले नेपालको लोलोङ्गजोम क्षेत्रमा मात्र नभइ अन्य सीमा क्षेत्रमा समेत नेपाली भूमि अतिक्रमण भएको प्रमाणहरू काल्पनिक नभएको जनाएको छ ।

अन्तर्राष्ट्रिय सीमासम्बन्धी प्रोटोकल बिपरित चीनले हिल्सास्थित सीमा रेखामा रहेको ९(२) नम्बरको सीमास्तम्भको बीच भागमा फलामे गेट र तारबार गरी छेउमा नै आर्मी क्याम खडा गरेको हिल्सा क्षेत्रभन्दा केही टाढा कीट क्षेत्रमा रहेका नेपाली सीमास्तम्भहरू ५.१०.५४२ र ६२ तारबार गरी आफ्नो भूगोलभित्र पारेको, कीट क्षेत्रमा रहेको मितेरी पुलबाट करीव ५०० मिटर नेपाली भूगोलमा बाटो निर्माण गरी नेपाली भू–भाग प्रयोग गर्दै आएका र स्थानीय नेपाली र नेपाली सीमा सुरक्षा बललाई उक्त नेपाली क्षेत्रमा प्रवेश गर्न बन्देज लगाइएको, दुवै देशका प्रतिनिधीको रोहवरमा सीमास्तम्भहरूको पुर्ननिर्माण तथा मर्मत गर्नु पर्ने अन्तर्राष्ट्रिय सीमा कानूनको प्रतिकूल हुने गरी लिमीको लाप्चा भजयांगमा रहेको १२ नं सीमा पिल्लरलाइ झण्डै ६ महिना पहिले एकतर्फि मर्मत संभार गरी उक्त सीमा स्तम्भको ओरन्टेसन परिवर्तन गरिएको, चीनले हाल निर्माण गरेका संरचना भएको क्षेत्र लोलोङ्गजोम क्षेत्रबाट करिव ३ किलो मिटर उत्तर पश्चिम गप्पुदोसा क्षेत्रमा रहेको पानी ढलोवाट २०६६ सालमा नेपाल सरकार,तत्कालिन जिल्ला विकास समितिले लोलोङ्गजोम हुँदै लिमी लाप्चा सडक निर्माण गरेको आदि तथ्यहरू चीनबाट नेपाली भूमि अतिक्रमण भएको बलियो प्रमाणका रूपमा रहेको छ ।

Published : Thursday, 2020 November 12, 11:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया