सर्लाहीमा मन्त्रीका पाँच सय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश

मलंगवा । सर्लाही जिल्लामा नेकपा र मधेस केन्द्रित दलका पाँच सयभन्दा धेरै नेता कार्यकर्ता नपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बसबरिया गाउँपालिकाको धनगढामा बुधबार आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा र मधेस केन्द्रित दलका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री गोविन्दबहादुर शाह, कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा, प्रदेश २ का प्रदेश सांसद वीरेन्द्र सिंह, निश्चिल साह, रामअयोध्या यादव, सुरेन्द्र सिंहलगायतका नेताहरूले पार्टी प्रवेश गराएका हुन् ।

सरकारसँग दिक्क भएका नेकपाका कार्यकर्ताहरूले कम्युनिस्टहरूको झुठको पछाडि लाग्दा जनताले दुःख पाएको बताएका छन् । नवप्रवेशीहरूले सरकारले जनतालाई कुनै पनि राहत र सहयोग हुने खालका कार्यक्रम ल्याउन नसकेको बताए ।

अबका दिनमा नेपाली कांग्रेसमा इमान्दार भएर काम गर्ने प्रतिवद्धता नवप्रवेशीहरूले गरेका छन् ।

कांग्रेस प्रवेश गर्नेहरू नेकपाका नेता समेत रहेका श्रममन्त्री रामेश्वर राय यादवका नेता कार्यकर्ताहरू हुन् । यस क्षेत्रबाट मन्त्री यादवले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् ।

Published : Wednesday, 2020 November 11, 7:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया