बाह्रबिसेमा नेकपाका वडा सदस्यविरुद्ध ‘कचहरी’, वृद्ध महिलाको एक हजारमा र्‍याल चुहाए

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–५ का नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वडा सदस्य रामजित तामाङले बैंकमा खाता खोल्ने भनेर एक हजार रुपियाँ खाइदिएको आरोप लागेको छ ।

वडा सदस्य तामाङले वृद्धाहरूसँग असोज महिनामा खाता खोलिदिने भनेर एक हजार रुपियाँ लगेको आरोप लगोको छ । खाता खोल्ने भनेर वृद्ध महिलाहरूको पैसा खाएको आरोप लागेपछि आरोप लगाउने वृद्ध महिलाहरू, आफन्त र वडा सदस्य तामाङलाई राखेर जनप्रतिनिधिहरूले मंगलबार र बुधबार बाह्रबिसेमा छलफल समेत गरेका छन् ।

वडा सदस्य तामाङले वृद्ध महिलाहरूको खाता बैंकमा खोल्ने भनेर एक हजार रुपियाँ खाइदिएको एक जना वृद्ध महिलाले भिडियोमा भनेकी छिन् । वडा सदस्य तामाङले एनसीसी बैंकमा खाता खोल्ने आश्वासन दिएका थिए । वडा सदस्य तामाङले अहिलेसम्म ती वृद्धाहरूको खाता खोलेका छैनन् ।

नेकपाबाट निर्वाचित वडा सदस्य रामजित तामाङले दावा लामु तामाङ, आइती माया तामाङ, अपाङ्गसमेत रहेका पञ्चसिंह तामाङसँग १–१ हजार रुपियाँका दरले बैंक खाता खोल्ने र खातामा जम्मा गरिदिने भनी असुल गरेको आरोप छ ।

वडा सदस्य तामाङले कनै पनि वृद्धाको खातामा रकम जम्मा गरेका छैनन् ।

वडा सदस्य तामाङले खाता खोल्ने भनेर कसैको पैसा नलिएको दाबी गरेका छन् । ‘एक जना वृद्ध महिलाको छोरा म्याक्स तामाङले मसँग लगेको एक हजार रुपियाँ उनको आमासँग लिएको हुँ’, वडा सदस्य तामाङले आफूलाई लागेको आरोपबारेमा प्रतिक्रिया दिँदै भने, ‘अरुसँग मैले एक–एक हजार रुपियाँ सापट लिएको थिएँ । उहाँहरूलाई मंगलबार तिरेको छु ।’

जनप्रतिनिधि भएर वृद्ध महिलाहरूको रकम खान मिल्छ ? भनेर सोधिएको जिज्ञासामा नेकपाका वडा सदस्य तामाङले आरोपहरूको खण्डन गरे ।

वृद्ध महिलाहरूसँग खाता खोल्ने भनेर एक–एक हजारका दरले पैसा उठाएका नेकपाका वडा सदस्य तामाङको चर्तिकलाविरुद्ध बाह्रबिसेमा खैलाबैला भएको छ ।

निर्वाचनका बेला नेकपाले वृद्ध भत्ता पाँच हजार पुर्‍याएर घर–घर ल्याइदिने आश्वासन दिएर भोट मागेको थियो । वृद्ध भत्ता पाँच हजार त भएको छैन । तर, नेकपाका जनप्रतिनिधिहरूले विभिन्न स्थानमा वृद्ध भत्ता हिनामिना गरेका धेरै समाचारहरू आइरहेका छन् ।

Published : Wednesday, 2020 November 11, 10:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया