महामन्त्रीद्वय खड्का र डा.कोइरालाद्वारा गृहकार्य, एकढिक्का हुँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानतिर उन्मुख भएको छ । शीर्ष नेताहरूले आफूलाई एक कदम पछाडि बनाएपछि सहमतिको सम्भावना भएको हो ।

केन्द्रीय कार्यसमितिको बैठक बस्नु अगाडि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उठाएका मागलाई सम्बोधन गरिने नेताहरूले बताएका छन् । महामन्त्रीद्वय पूर्णबहादुर खड्का र डा.शशांक कोइरालालाई विवाद समाधानको प्रस्ताव तयार पार्न पदाधिकारी र शीर्ष नेताहरूको बैठकले जिम्मेवारी दिएको थियो ।

महामन्त्रीद्वय खड्का र डा.कोइरालाले केही सहयोगी नेताहरूसँग विवाद कसरी समाधान गर्ने भन्ने विषयमा छलफलहरू समेत गरेको एक नेताले बताए ।

कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा गठन गरिएका विभागहरू भने विघठन हुने छैनन् । त्यस बाहेक अन्य सबै विषयमा छलफल हुनेछ ।

क्रियाशील सदस्यता वितरण, महाधिवेशनको मिति सार्नेलगायतका विषयमा देउवा लचक छन् ।

वरिष्ठ नेता पौडेल समूहले पनि विभागहरू विघठनका विषयमा आफूलाई लचक बनाएको छ ।

कांग्रेसको १४औँ महाधिवेशन आउँदै गर्दा शीर्ष नेताहरूले विवाद र बखेडा गरेको आरोप कार्यकर्ताको थियो ।

Published : Tuesday, 2020 November 10, 10:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया