ओलीसँग दाहालले बदला लिए

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओलीले बोलाउँदा दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने दुई नेताहरू बालुवाटार नगरए बहिस्कार गरेका छन् ।

ओलीले सोमबार नेकपाको कार्यदलका सदस्यहरूलाई नेकपाको विवाद समाधानका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न बोलाएका थिए । दाहाल निकट मानिने सदस्यद्वय जनार्दन शर्मा र पम्फा भुसालले ओलीको बैठक बहिस्कार गरेको स्रोतले जनाएको छ ।

शर्मा र भुसाल नआएपछि कार्यदलका अन्य सदस्यहरू ओलीलाई नभेटी फर्किएका छन् । दाहालले ओलीसँग शर्मा र भुसालमार्फत बदला लिएको चर्चा भएको छ ।

महासचिव विष्णुप्रसाद पौडेल संयोजकत्वमा बनेको कार्यदलले १५ बुँदे सुझाब बुझाएपछि भदौ पहिलो साता नै विघटन भएको थियो ।

शर्माले स्वास्थ्यमा सुधार नआएको जवाफ दिएका छन् । भुसालले संसदीय समितिको बैठकमा व्यस्त भएका कारण बालुवाटार आउन नसकेको बताइन् ।

कार्यदलमा महासचिव पौडेल, शंकर पोखरेल तथा वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल र सुरेन्द्र पाण्डे कार्यदलमा थिए ।

दाहालले बोलाएको सचिवालय बैठकमा ओली समूहले बहिस्कार गरेको थियो । दाहाल समूहले ओलीले बोलाएको बैठक बहिस्कार गरिदिएको छ ।

Published : Monday, 2020 November 9, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया