कांग्रेसको केन्द्रीय कार्यसमिति पुनः स्थगित, ठूला नेताहरू आइसोलेसनमा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुनः स्थगित भएको छ ।

कात्तिक २४ गते सोमबार बस्ने भनिएको बैठक कात्तिक २७ गतेसम्मका लागि स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २७ गते बिहीबार दिनको १ बजे बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि पौडेलले अनुरोध गरेका छन् ।

कांग्रेसका उप–सभापति विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला, रमेश लेखक लगायतका नेताहरू आइसोलेसनमा रहेपछि बैठक स्थगित भएको जनाइएको छ ।

Published : Sunday, 2020 November 8, 9:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया