नेकपाले फुत्कायो निर्वाचित वडा सदस्यसहितका ४६ कार्यकर्ता

मालारानी । अर्घाखाँची जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मालारानी–३ खनदहमा नेकपाबाट निर्वाचित वडा सदस्यसहित ४६ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

तत्कालीन एमालेबाट निर्वाचित वडा सदस्य सुमित्रा विकसहितका ४६ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

अर्घाखाँची कांग्रेसका सभापति विष्णु मुस्कान, मालारानी संयोजक तथा वडा नम्वर ३ का वडाध्यक्ष शोभाखर खनाल लगायतले नवप्रवेशीहरूलाई सदस्यता प्रदान गरेका थिए ।

अर्घाखाँचीबाट तत्कालीन माओवादीबाट टोपबहादुर रायमाझी प्रतिनिधि सभामा निर्वाचित भएका छन् । रायमाझीले काम गर्न नसेको भन्दै नेकपाका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको जनाएका छन् ।

कम्युनिस्टहरूले सधैँ जनतालाई धोका दिएको भन्दै नवप्रवेशीहरूले कांग्रेस पार्टीले कहिल्यै पनि झुठको खेती नगर्ने बताए ।

Published : Sunday, 2020 November 8, 11:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया