ओलीले ‘हैसियत’ देखाइदिएपछि प्रचण्डलाई बल्ल कांग्रेसको ‘घाँटी’ लाग्यो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादले शुक्रबारदेखि नयाँ रुप लिएको छ ।

दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अध्यक्षको हैसियत देखाउन खोज्द जिल पर्नुपरेको छ । दाहाललाई प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीले हैसियत देखाइदिएका छन् ।

दाहालले धुम्बाराहीस्थित पार्टी मुख्यालयमा केन्द्रीय सचिवालयको बैठक बोलाएका थिए । सचिवालयको बैठकलाई ओली समूहले बहिस्कार गरिदिएको छ ।

ओली समूहले बैठक बहिस्कार गरिदिएपछि दोस्रो वरीयताका अध्यक्ष दाहाल अनुहार कालोनिलो भएको छ । सचिवालयमा दाहाल बहुमतमा देखिएका छन् ।

दाहाललाई साथ दिँदै माधवकुमार नेपाल, झलानाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सचिवालयको बैठकमा उपस्थिति भएका थिए । ९ सदस्यीय सचिवालयमा दाहालको पक्षमा ५ जना देखिएका छन् ।

ओलीको पक्षमा चार जना सदस्यहरू देखिएका छन् । ओलीलाई साथ दिनेमा ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल रहेका छन् । ती सबै मन्त्री छन् । ईश्वर पोखरेल उप–प्रधानमन्त्री रहेका छन् । विष्णु पौडेल अर्थ र रामबहादुर थापा गृह मन्त्री रहेका छन् ।

स्रोतका अनुसार ओलीले मन्त्री समेत रहेका सचिवालय सदस्यहरूलाई धुम्बाराहीको बैठकमा नजान अघोषित रुपमा चेतावनी दिएका थिए ।

ओली समूहले बैठक बहिस्कार गरेपछि कुनै ठोस निर्णय नै नगरी दाहालको सचिवालय बैठक सक्किएको छ । बैठकले सचिवालय बैठकका लागि पुनः ओलीलाई अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूलाई बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा भरतपुरमा आफ्नो छोरी रेणु दाहाललाई जिताउन नेपाली कांग्रेससँग तालमेल गरेका दाहालले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा तत्कालीन एमालेसँग गठबन्धन गरेका थिए । कांग्रेसलाई धोका दिएर गठबन्धन गरेका दाहालको बल्ल चेत खुलेको भनेर चर्चा हुन थालेको छ ।

Published : Friday, 2020 November 6, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया