नेकपा फुटाउन कतै चीन त लागेको छैन ? खटपट चलेकै बेला रेणुलाई चीनले दियो उपहारहरू

काठमाडौं । नेपालको आन्तरिक राजनीतिमा खुला रुपमै देखिएको चीनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद मिलाउन खासै रुचि देखाएको छैन ।

आफ्ना सम्पर्क सूत्रहरूमार्फत यस पटक चीनले नेकपाको विवाद मिलाउने प्रयासहरू गरेको थियो । ती सम्पर्क सूत्रहरू विवाद मिलाउन असफल भएको नेकपाका शुभेच्छुकहरूको भनाइ छ ।

त्यसको परिणाम दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार पार्टी मुख्यालय धुम्बाराहीमा बोलाएको केन्द्रीय सचिवालयको बैठकबाट छर्लङ्ग भएको छ ।

दाहालले धुम्बाराहीमा बोलाएको सचिवालयको बैठक नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली समूहले बहिस्कार गरिदिएको छ ।

अघिल्लो पटक नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीका साथै नेकपाका शीर्ष नेताहरूलाई घरमै पुगेर भेटेर विवाद मिलाइदिएकी थिइन् । यस पटक राजदूत यान्छीले नेताहरूको घरको ढोका चाहरिनन् ।

नेकपामा सधैँ विवाद हुन्छ, कति मिलाउने भनेर पनि चीनले दिक्क मानेको हुनुपर्छ ।

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल आएपछि नेकपाभित्र विवाद भएको भनेर आरोप लगाउनेहरू नेकपाकै नेताहरू छन् । तर, भारतले भन्दा पनि यस पटक नेकपाभित्रको विवाद मिलाउनेतिर चीनले चासो नदिएको भनेर चर्चा शुरु भएको छ । चीनले चाहेको भए नेकपाको विवाद यति लामो समयसम्म रहने थिएन ।

खड्गप्रसाद ओली र झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारमाथि शुरुवाती दिन चासो दिएको चीनलाई अहिले भने नेकपाभित्रको विवाद र केही नेताहरू ‘घाँडो’ भएको चर्चा सुनिन थालेको छ ।

सग्लो नेकपाभन्दा पनि फुटेको नेकपा हेर्ने चाहनाका कारण चीनले आफूलाई सक्रिय नबनाएको हुनुपर्छ । नेकपाका एकजना शुभेच्छुकले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘यस पटक चीनले नै नेकपा फुटाउन लागेको हो भन्ने आशंका बढेको छ । ओली सरकारप्रति सधैँ नजिक रहेको चीनले नेकपाको विवाद मिलाउन चासो देखाएको छैन । बाहिरबाट हेर्दा भारतलाई आरोप लगाइएको छ । भित्री कुरा अर्कै हुन सक्छ । चीनको चाहना नेकपा फुटोस् भन्ने छ जस्तो लागेको छ ।’

चीनले अमेरिकन मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसीसी) नेपालमा लागू नहोस् भन्ने चाहन्छ । नेकपाको झण्डै दुईतिहाइको सरकार रहेसम्म चीनलाई पनि तनाब भइरहन्छ । शुरुमा नेकपामा विवाद थिएन । अब विवाद भयो । ओली सरकारले जुन बेला पनि एमसीसी पास गर्न सक्छ भन्ने डर चीनलाई छ । सोही कारण पनि चीनले नेकपा फुटोस् र नेपालमा अस्थिरता रहोस् भन्ने इच्छा राखेको हुनु सक्छ ।

नेकपाका कार्यकर्ताहरूले दोस्रो वरीयताका अध्यक्ष दाहाल चीनसँग निकट हुन खोजेको आरोप पनि लगाउने गरेका छन् । भारतीय स्थल सेना प्रमुख नेपाल भ्रमणमा रहेका बेला चीनले दाहालकी छोरी मेयर रहेको भरतपुर महानगरपालिकालाई शनिबारनै स्वास्थ्य सामग्रीहरू दिएको छ ।

भरतपुरकी मेयर दाहाल चीनसँग निकै निकट भएका कारण यो सहयोग आएको चर्चा छ ।

यस पटक भारतभन्दा पनि चीनले नेकपाका नेताहरूलाई उकासेको हुन सक्ने आशंकाहरू सामाजिक सञ्जालमा देखिन थालेका पनि छन् ।

नेपालकाे मामिलामा सधैँ भारतले गाली खादै आएकाे छ । तर, चीनले घुसघुसे रुपमा आफ्ना गतिविधिहरू गर्दै आएकाे छ ।

Published : Friday, 2020 November 6, 5:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया