कांग्रेसको केन्द्रीय समितिको बैठक सोमबारसम्म स्थगित

काठमाडौं । १४औँ महाधिवेशन, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको माग लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार १ बजेका लागि पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएको केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २४ गते सोमबारसम्मका लागि स्थगित गरिएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थितिका लागि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

सभापति शेरबहादुर देउवाले विभाग २८ बाट बढाएर ४७ पु¥याएको भन्दै पौडेल–कोइराला समूह असन्तुष्टि छ ।

Published : Thursday, 2020 November 5, 6:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया