कांग्रेस नेताहरूद्वारा खुलामञ्चमा खाना खुवाउने अभियन्ताहरूसँग भेट, अभियानमा साथ

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् कोरोना अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले खुलामञ्चमा निःशुल्क खाना खुवाइ रहेका अभियन्ताहरूलाई भेटेर समर्थन जनाएका छन् ।

बुधबार डा.महतसहित खुलामञ्च पुगेका कांग्रेस नेताहरूले कोरोनाका कारण समस्यामा परेका जनतालाई निःशुल्क खाना खुवाएका अभियन्ताहरूको अभियानमा समर्थन जनाएका हुन् ।

सह–महामन्त्री डा.महतले काठमाडौं महानगरपालिकाको अहिलेको नेतृत्वले आमनागरिकको समस्या नबुझेको बताए ।

उनले महानगरपालिका आफैँले राहत पु¥याउनुपर्ने ठाउँमा दाताहरूले सहयोग गरे पनि रोक्न निर्देशन दिने कुरा कदापि स्वीकार्य नहुने बताएका छन् ।

नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले निःशुल्क खाना खुवाइरहेका समूहलाई १० हजार नगद सहयोग गरेका थिए ।

प्रधानले सरकारले विकल्प नदिँदासम्म खुलामञ्चमा खाना खुवाउन रोक्न नहुने बताए । उनले संविधानले दिएको नागरिकको अधिकार राज्यले खोसेको बताएका छन् ।

हन्ड्रेड ग्रुपका अभियन्ता अंशु यादवले महानगरपालिकाले तिहारसम्म खुलामञ्चमा खाना खुवाउन अनुमति दिएको बताए ।

Published : Wednesday, 2020 November 4, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया