‘घुसघुसे’ चीनले फेरि देखायो हर्कत

काठमाडौं । नेपालको आन्तरिक राजनीतिमा पछिल्लो समय दख्खल दिन शुरु गरेको चीनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद मिलाउन फेरि चलखेल शुरु गरेको छ ।

खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारलाई साथ दिँदै आएको चीनले नेकपाका नेताहरूलाई विवाद मिलाउन दवाव दिएको उच्च स्रोतले जनाएको छ ।

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्त गोयलले ओलीलाई भेटेर गएपछि नेकपाभित्र खैलाबैला भएको थियो ।

सरकार सञ्चालनमा ठूलो असहयोग भएपछि ओलीले दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाललाई अलग–अलग पार्टी चलाउन समेत भन्न भ्याएका थिए । त्यसपछि नेकपाभित्र झन् विवाद बढेर गएको थियो ।

ओली र दाहाल निकटका नेताहरूले पार्टी विभाजनको तयारी गरेको चालपाएपछि चीन निकटका व्यक्तिहरूले नेकपालाई फुट्न नदिन रातारात चलखेल गरेका थिए । नेकपाभित्रकाे विवाद मिलाउन चीनका सम्पर्क सूत्रहरू सक्रिय रहेका दाबी नेताहरूकाे छ ।

यस पटक नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले शीर्ष नेताहरूलाई घरघर पुगेर भेटेकी छैनिन् । तर, उनले आफ्ना सम्पर्क सूत्रहरूलाई परिचालन गरेर नेकपालाई फुटबाट बचाउन दवाव दिएको नेकपा निकट उच्च स्रोतले जनाएको छ ।

चीनले ओली सरकारलाई आफू निकट मान्दै आएका छ । तर, चीनले ओली सरकारलाई जसरी सहयोग गर्नुपर्ने थियो गरिरहेको छैन । कोरोना महामारीका बेला चीनले नेपाललाई सहयोग नगरेको भनेर आलोचना भइरहेका छन् ।

कोदारी र रसुवाको नाका खोल्न पनि चीनले चासो दिएको छैन । नेपाली सामानहरू रोकिदिने गरेको छ ।

हुम्लामा नेपाली भूमि मिचेर भवनहरू बनाएको आरोप समेत चीनलाई लागेको छ ।

Published : Tuesday, 2020 November 3, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया