कांग्रेसका हमालले चुकाए जनताका लागि ठूलो पद

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सुरेन्द्र हमाललाई प्रमुख सचेतकबाट हटाएर फाखरुद्धिन खानलाई नियुक्त गरेका छन् ।

कनौडियाले लुम्विनी प्रदेशको राजधानी सार्ने विषयमा भएको मतदानमा सत्तापक्षको सांसद जसरी चुपचाप लागेर बसेको भन्दै प्रमुख सचेतक पदबाट हमाललाई हटाएका हुन् ।

हमालले लुम्विनी प्रदेशको राजधानी बुटवलबाट दाङ सार्दा सबैलाई बीचमा पर्ने भन्दै आफूलाई दाङको पक्षमा उभ्याएका थिए ।

नेता कनौडियाले कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ११ (१) को अधिकार प्रयोग गर्दै बाँकेका हमाललाई हटाएर रुपन्देही ५ ‘२’ बाट प्रत्यक्ष निर्वाचित खानलाई नियुक्त गरेका हुन् ।

खानलाई कात्तिक १७ गतेबाट लागू हुने गरी प्रमुख सचेतकमा नियुक्त गरिएको जानकारी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती र कांग्रेस केन्द्रीय कार्यालय सचिवलाई गराइसकेको नेता कनौडियाले जानकारी दिएका छन् ।

प्रदेशको स्थायी राजधानी दाङ सार्ने सरकारको प्रस्तावको सम्बन्धमा कांग्रेस संसदीय दलले रुपन्देहीका पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेपनि प्रमुख सचेतक हमाल, लेखा समिति सभापति डिल्ली चौधरी लगायत ६ जना सांसदले पार्टीको ह्वीप विपरीत दाङको पक्षमा मतदान गरेका थिए ।

Published : Tuesday, 2020 November 3, 6:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया