सिन्धुपाल्चोकमा भत्किन थाल्यो कम्युनिस्ट किल्ला, कांग्रेसमा दैनिक सरह प्रवेश

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–७ का नेकपाका नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सोमबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सत्तारुढ नेकपाका स्थानीय नेता कार्यकर्ताहरूलाई पार्टीमा प्रवेश गराएका हुन् ।

नेता बस्नेतले नेकपा छाडेर कांग्रेसमा प्रवेश गरेका नेता कार्यकर्ताहरूलाई अन्याय हुन नदिने बताए ।

पार्टी प्रवेश कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, नेताहरू युधिर पौडेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

सिन्धुपाल्चोक जिल्लामा दैनिक सरह नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरिरहेका छन् । नेकपाका नेता कार्यकर्ताहरूलाई कांग्रेसका नेता बस्नेतले प्रवेश गराइरहेका छन् ।

नेकपाको कु–शासन र व्यक्तिवादी राजनीतिबाट आजित बनेका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।

Published : Monday, 2020 November 2, 6:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया