जनता काेराेनाले मर्दै, कम्युनिस्ट सांसद बस्नेत ‘मःम’ पसल उद्घाटनमा व्यस्त

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद एवम् पूर्वमन्त्री महेश बस्नेतले ‘मःम’ पसलको उद्घाटन गरेका छन् ।

काठमाडौंको पेप्सीकोलामा ‘मःम’ पसलको उद्घाटन गरेका हुन् । बस्नेतले कलाकारहरू निश्चल बस्नेत, नायिका स्वस्तिमा खड्कालगायतलाई दायाँ–बायाँ राखेर ‘बोता’ नामक ‘मःम’ पसलको रविन काटेर उद्घाटन गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

कोरोना महामारीका बेला सामाजिक दुरी समेत कायम नगरी ‘मःम’ पसलको पूर्वमन्त्री बस्नेतले उद्घाटन गरेका थिए । बस्नेतले मुखमा मास्क लगाएका थिए । तर, नजिकै रहेका तीन जना युवतीहरूले मास्क लगाएका थिएनन् ।

‘बोता’ नामक ‘मःम’ पसलका सञ्चालक निभेन अमात्य हुन् । अमात्यकै आग्रहमा नेकपाका सांसद बस्नेत ‘मःम’ पसल उद्घाटन गर्न आएको कार्यक्रममा जानकारी दिइएको थियो ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालबीच आन्तरिक द्वन्द्व हुँदा नेकपाका नेता र सांसदहरू काम विहीन बनेका छन् ।

काम नभएपछि नेकपाका सांसद नेताहरू ‘मःम’ पसलको उद्घाटन गर्ने लगायतका झिनामसिना कार्यक्रममा हिँड्ने गरेको आरोप छ ।

कोरोनाबाट संक्रमितको उपचार र परीक्षण गर्नबाट समेत झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले हात उठाएको छ ।

सरकारलाई दवाव दिएर कोरोना संक्रमितको निःशुल्क उपचार र परीक्षण गराउने बेला नेकपाका नेता तथा सांसदहरू अन्य झिनामसिना कामहरूमा ध्यान दिएपछि आलोचना भएको छ ।

Published : Monday, 2020 November 2, 1:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया