फन्दामा परिन् साइली, काठमाडौंको हाइप्रोफाइल जुवाबाट को–को पक्राउ परे ?

काठमाडौं । काठमाडौंको स्वयम्भु फेमली क्वाटर नजिकै साइली तामाङको घरबाट पूर्वराज्यमन्त्री खोवारी रायसहित १० जना जुवाडे पक्राउ परेका छन् ।

शनिबार दिउँसो दुई बजे साइलीको घरमा प्रहरीले छापामारेर सर्लाही जिल्लाको कविलासी नगरपालिका–३ घर भइ स्वयम्भु बस्दै आएका ५५ वर्षीय रायलाई पक्राउ गरिएको महानगरीय प्रहरी वित्त स्वयम्भुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका सबै काठमाडौंमा बस्दै आएका व्यक्ति हुन् ।

पक्राउ पर्नेमा भोजपुर जिल्ला सिद्धेश्वर गाउँपालिका–४ घर भाइ स्वयम्भु बस्ने ६२ वर्षीय पर्वत भण्डारी, धादिङ गल्छी गाउँपालिका–६ घर भई स्वयम्भु बस्ने सन्तोष लामा, काभ्रेको रोशी गाउँपालिका–९ घर भएका ४९ वर्षीय उत्तरकुमार लामा, काभ्रे रोशी गाउँपालिका–९ का सविन लामा, काभ्रेको तेमाल गाउँपालिका–४ घर भई बागडोल बस्दै आएका ५९ वर्षीय धर्मलाल तामाङ रहेका छन् ।

काभ्रेको तेमाल गाउँपालिका–१० घर भई लाजिम्पाट बस्ने ४४ वर्षीयजितपुर लामा, काभ्रेको रोशी गाउँपालिका–७ का बिक्रम लामा, काभ्रेको रोशी गाउँपालिका–११ का ६५ वर्षीय देवेन्द्र श्रेष्ठ र काभ्रेको नारायणथानका ३३ वर्षीय कान्छा तामाङ पक्राउ परेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले सन्तोष लामासँग २५ हजार, खोवारी रायसँग ११ हजार, उत्तरकुमार लामासँग ३ हजार, सविन लामाबाट ८ हजार, धर्मलाल तामाङसँग ९ हजार, जितपुर लामासँग एक लाख वीस हजार, नगरसहित १ लाख ५३ हजार ५ सय रुपियाँ बरामद गरेको जनाएको छ ।

सादा पोशाकमा खटिएका प्रहरीले साइली तामाङको घरको कोठाभित्र जुवा खेलिरहेका १० जना जुवाडेलाई ६ बुक ताससहित पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2020 November 1, 12:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया