खाँणद्वारा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँग वार्ता, विश्वकर्माको उपचारमा सहयोग गर्न अनुरोध

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण कोरोनाभाइरसको संक्रमणका कारण अस्वस्थ भई उपचार गराइरहेका केन्द्रीय सदस्य एवम् सांसद मीनबहादुर विश्वकर्माको स्वास्थ्यप्रति चिन्ता जनाएका छन् ।

खाँणले शनिबार विश्वकर्माको स्वास्थ्यका विषयमा प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग परामर्श गरेका छन् ।

कात्तिक ९ गतेबाट वीर र त्यस पश्चात ग्राण्डी अस्पतालमा भर्ना भई उपचार गराइ रहेका प्रतिनिधिका सांसद विश्वकर्माको स्वास्थ्य अवस्थाका बारेमा खाँणले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर विश्वकर्माको स्वास्थ्यका विषयमा जानकारी गराउनुका साथै स्वास्थ्य उपचारमा गम्भीर बनि सरकारको तर्फबाट आवश्यक सहयोग गरीदिन विशेष आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख सचेतक खाँणले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई समेत सांसद विश्वकर्माको स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने सहयोगका लागि अनुरोध गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद विश्वकर्माको फोक्सोमा निमोनिया देखिएको छ ।

श्वासप्रश्वासमा समस्या आएपछि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भेन्टीलेटरमा राखी उपचार भइरहेको छ ।

Published : Saturday, 2020 October 31, 7:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया