कांग्रेसको शक्तिशाली कार्यक्रम स्थगित

काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको शुभकामना आदान–प्रदान तथा चियापान समारोह नगर्ने निर्णय गरेको छ ।

कोरोना महामारीका कारण चियापन कार्यक्रम स्थगित गरिएको केन्द्रय कार्यालय सानेपाका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

विक्रम संवत २०३३ सालमा जननायक वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण महामारीका कारण यस वर्षकोे कात्तिक १४ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने मुख्यसचिव पौडेलले जनाएका छन् ।

कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन हरेक वर्ष दशैँ तिहारका अवसरमा शुभकामना अदान प्रदान गर्न चियापान कार्यक्रम गर्दै आएको थियो । कांग्रेसको चियापान कार्यक्रम धेरै राम्रा कार्यक्रमहरुमध्येमा पर्छ ।

Published : Tuesday, 2020 October 27, 3:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया