कर्णालीको विवाद मिल्यो, ओली–दाहालबीच चार बुँदे सहमति

काठमाडौं । कर्णाली प्रदेशको विवाद समाधान गर्न दुई शीर्ष नेताहरूबीच चार बुँदे सहमति भएको छ ।

प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष खड्गप्रसाद ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भएको भेटघाटमा कर्णालीको विवाद अन्त्य गर्ने सहमति भएको हो ।

‘कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने’, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


‘प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने’, ओली–दाहालबीच भएको सहमतिमा उल्लेख छ ।

‘मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने’, विज्ञप्तिमा भनिएको छ, ‘अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको छ ।’

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउन यमलाल कँडेलसहितका पूर्वएमाले नेताहरूले आविश्वासको प्रस्ताव दर्ता गराएपछि विवाद बाहिर आएको थियो । मुख्यमन्त्री शाही पूर्वमाओवादी हुन् ।

Published : Tuesday, 2020 October 20, 5:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया