अति भयो कम्युनिस्ट सरकार, जनताभन्दा सत्ता प्यारो नठानः खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कोरोनाको उपचार र परीक्षण निःशुल्क गर्न माग गरेका छन् ।

कांग्रेस नेता खतिवडाले मंगलबार ट्वीट गर्दै कोरोनाको उपचार र परीक्षण निःशुल्क गर्न सरकारसँग माग गरेका हुन् ।

‘देश र जनताभन्दा सत्ता प्यारो नठान’, उनले भने, ‘कोरोनाको निःशुल्क टेस्ट लगायत उपचारको ब्याबस्था गर ।’

‘संविधानमानै मौलिक अधिकारमा स्वस्थ्यको अधिकार उल्लेख गरिएको छ’, कांग्रेस नेता खतिवडाले भने, ‘अहिलेको सरकारले संविधान पढेको जस्तो लागेन ।’

‘यो सरकार न जनताको कुरा सुन्छ, न अदालतको आदेश मान्छ, न प्रतिपक्षलाई टेर्छ’, कांग्रेस नेता खतिवडाले भनेका छन् ।

झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोना बिरामीको उपचार र परीक्षणमा शुल्क लिने निर्णय गरेपछि विरोध हुँदै आएको छ ।

Published : Tuesday, 2020 October 20, 4:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया