ओलीको कम्युनिस्ट सरकार नाङ्गियोः कांग्रेस नेता लेखक

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जनतालाई आधारभूत र आकस्मिक स्वास्थ सेवा निःशुल्क दिनुपर्ने संविधान र कानूनले व्यवस्था गरेको जनाएका छन् ।

केन्द्रीय सदस्य लेखेकले मंगलबार सामाजिक सञ्जालमार्फत कोभिड–१९ को महामारी आधारभूत र आकस्मिक स्वास्थ सेवाको विषय भएको जनाएका हुन् ।

‘सरकारले बिरामी आफैले उपचार गर्नुपर्ने गरि गरेको निर्णय संविधान, कानून, सर्वोच्च अदालतको निर्णय र स्वंय सत्तारूढ दल नेकपाको घोषणा पत्रका विपरित छ’, केन्द्रीय सदस्य लेखेकले भनेका छन् ।

‘सरकारले यो निर्णय फिर्ता लिई देशमा सरकार भएको अनुभूति देओस्’, कांग्रेस केन्द्रीय सदस्य लेखकले भनेका छन् ।

खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोना संक्रमितको उपचार र परीक्षण निःशुल्क नगर्ने निर्णय गरेपछि चौतर्फी विरोध हुँदै आएको छ ।

कम्युनिस्ट सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्नबाट हाट उठाएको भन्दै विरोध भइरहेको छ ।

लेखेकले ओली नेतृत्वको कम्युनिस्ट सरकार जनताको उपचारबाट बिमुख भएर आफै नाङ्गिदै गएको समेत उल्लेख गरेका छन् ।

Published : Tuesday, 2020 October 20, 10:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया