आइसोलेसनबाट गगनको घोषणाले कांग्रेसीहरूको मन उच्च, कम्यनिस्टहरूलाई तनाब

काठमाडौं । आइसोलेसनमा बसेका नेपाली कांग्रेस सांसद गगन थापाले दशैंभत्ता वापत फिर्ता गरेका छन् ।

थापाले आइतबार संसद सचिवालयका महासचिवलाई पत्र लेखेर दशैँ भत्ताको ६४ हजार ७० रुपियाँ फिर्ता गरेका हुन् ।

दशैँ भत्ताबापत सचिवालयले दिएको रकम नगद लेखा शाखामा फिर्ता गरेको सांसद थापाले जनाएका छन् ।

‘कोरोना महामारीको यस विषम परिस्थितिमा पनि सांसदहरूलाई दशैँ भत्ता उपलब्ध गराउने कुरा सरकारले सोच्न समेत नहुने हो’, सांसद थापाले भनेका छन् ।

आफूलाई थाहा नदिइ दशैँ भत्ता दिएको भन्दै कांग्रेसका सांसद थापाले भत्ता फिर्ता लैजान संसद सचिवालयलाई पत्रमार्फत आग्रह गरेका छन् ।

कांग्रेसका सांसद थापा कोरोनाका कारण घरमा आइशोलेसनमा बसेका छन् । थापाकाे याे घाेषणाले कम्युनिस्ट सरकारलाई तनाब बढाइदिएकाे छ ।

‘यति बेला हामी कोरोना महामारीबा सिर्जना भएको महासंकटको अवस्थामा छौँ’, थापाले पत्रमा भनेका छन्, ‘यो बेलामा सरकार स्वयं मितव्ययी नीति अख्तियार गर्ने भनेको छ । अर्कोतर्फ बढ्दो संक्रमणलाई ख्याल गरेर स्वास्थ्य सुरक्षाका कामदण्ड पालना गरी घर परिवारमानै चाडबाड मनाउने कामलाई सीमित गर्न सरकारले आग्रह गरिरहेको छ ।’

‘यो अवस्थामा सरकारले सांसद लगायतलाई दशैँ भत्ता उपलब्ध गराएको भन्ने समाचारहरू केही दिनयता सञ्चारमाध्यममा आइरहेका छन्’, कांग्रेसका सांसद थापाले भने, ‘सञ्चारमाध्यमबाट यस्तो समाचार सुन्दा अचम्मित भएको छु ।’

‘यस लगत र असान्दर्भिक निर्णयको म पूर्णतः विपक्षमा रहेको जानकारी गराउँछु र मलाई त्यस्तो भत्ता उपलब्ध नगराइदिनुहुन अनुरोध गर्दछु’, थापाले भने, ‘यदि संसदबाट दशौ भत्ता लगायतको सुविधा मलाई जानकारी नगराइकन मेरो बैंक खातामा जम्मा गरिसकेको भए त्यसलाई फिर्ता लैजान अनुरोध गर्दछ ।’

‘त्यसो गर्न नमिल्ने हो भने अर्का महिनाको तबल सुविधाबाट सो दशौ भत्ता वापतको रकम कट्टा गरी बाँकी हुने रकम मात्र मेरो तलब खातामा जम्मा गरिदिने व्यवस्थाको लागि समेत अनुरोध गर्दछु ।’

यसअघि, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणाले दशैँकाे भत्ता फिर्ता गरिसकेका छन् ।

Published : Sunday, 2020 October 18, 7:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया