कांग्रेस प्रमुख सचेतक खाणद्वारा दशैँ भत्ता फिर्ता, जनहितमा लगाउन आग्रह

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले संसद सचिवालयले उपलब्ध गराएको दशैँ भत्ता वापतको रकम फर्ता गरेका छन् ।

खाणले आइतबार संसद सचिवालयलाई पत्र पठाएर दशैँ वापत दिइएको भत्ता जनहितमा लगाउने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

‘हालको विषम परिस्थितिमा आम नेपालीले अभाव, पीडा र कठिनाइ भागिरहेको अवस्थामा जनप्रतिनिधिलाई दशैँ भत्ता वितरण गर्ने सरकारको निर्णय सान्दर्भिक, जनउत्तरदाय र उचि नभएकाले मलाई प्राप्त भएको दशैँ भत्ता वापतको रकम संसद सचिवालयमार्फत जनहितमा उपयोग गर्न सरकारलाई फिर्ता गर्ने व्यहोरा जानकारी गराउँदछु’, खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘सो रकम सरकारी कोषमा जम्मा हुने व्यवस्था मिलाउन आग्रह गर्दछु’, खाणद्वारा आइतबार संसद सचिवालयलाई पठाइएको पत्रमा उल्लेख छ ।

कोरोना महामारीका बेला सरकारले प्रतिनिधि सभाका सांसद र उनीहरूका स्वकीय सचिवहरूलाई दशैँ भत्ता दिएपछि विरोध भएको थियो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक खाणले दशैँ भत्ता नलिने र जनहितमा प्रयोग गर्न अनुरोध गर्दै रकम फिर्ता गरेका छन् ।

Published : Sunday, 2020 October 18, 6:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया