कम्युनिस्ट किल्ला भोजपुरमा दुई सय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

काठमाडौं । भोजपुर जिल्लामा नेकपासहित विभिन्न राजनीतिक दल परित्याग गरेर नेपाली कांग्रेसमा झण्डै दुई सयभन्दा धेरै सर्वसाधारण पार्टी प्रवेश गरेका छन् ।

रामप्रसाद राई गाउँपालिका–२ आख्रे, हुर्वभन्ञ्याङ्गमा शनिबार आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा दुई सयभन्दा धेरै सर्वसाधारणहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गरेकाहरूलाई नेपाली कांग्रेस भोजपुरका नेताहरूले स्वागत गरेका छन् । उनीहरूले नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसले संरक्षण गर्ने बताएका छन् ।

आफूहरू रहेका दलहरूले जनताको पक्षमा काम नगरेको नवप्रवेशीहरूले बताएका छन् ।

उनीहरूले कांग्रेसले मात्रै जनताको पक्षमा काम गर्नेभन्दै झठको खेती गर्ने राजनीतिक दलहरूको पछाडि नलाग्न नवप्रवेशीहरूले अनुरोध गरेका छन् ।

Published : Sunday, 2020 October 18, 9:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया