तरुण अध्यक्ष विष्टद्वारा राउटेहरूलाई खाना खुवाए

वीरेन्द्रनगर । कोरोना महामारीका बेला खाद्यान्नसहितका सेवा गर्दै आएका नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले राउटेहरूलाई निःशुल्क खाना खुवाएका छन् ।

अध्यक्ष विष्टसहितको समूहले शुक्रबार दैलेख जिल्लाको गुराँस गाउँपालिकाका करीव १ सय जना राउटेहरूलाई खाना खुवाएका हुन् । बालबालिकाहरूसहित बस्दै आएका राउटेहरूलाई खाना खुवाइएको अध्यक्ष विष्टले जनाएका छन् ।

दशैँको मुखमा राउटेहरूलाई थोरै भए पनि राहत होस् भनेर तरुण अध्यक्ष विष्टको समूहले खाना खुवाएको हो ।

यसअघि सुर्खेत जिल्लामा तरुण अध्यक्ष विष्टले कोरोना महामारीबाट समस्यामा परेकाहरूलाई खाद्यान्न निःशुल्क वितरण गर्नुका साथै बिरामी परेका व्यक्तिहरूको निःशुल्क उपचार गराइदिएका थिए ।

Published : Saturday, 2020 October 17, 8:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया