कोरोना फैलिरहेको छ सरकार जिम्मेवार भएनः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको कोभिड—१९ अनुगमन समितिले सरकार जनताको पिरमर्काप्रति बेखबर रहेको जनाएको छ ।

समितिका संयोजक एवं पार्टीका सह–महामन्त्री डा.प्रकाशशरण महतले शुक्रबार सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउँदै कोरोनाकाबाट जनताको जीवन बचाउन सरकारलाई चिन्तित नरहेको जनाएका छन् ।

‘कोभिड–१९ को महामारी फैलिरहेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘भेन्टिलेटर, आइसोलेसन, औषधिको पर्याप्त व्यवस्था गरिएको छैन ।’

‘स्वास्थ्य सामाग्री खरिदमा समेत सरकार भ्रष्टाचारमा लिप्त भएको छ’, कांग्रेसले भनेकोम छ ।

‘विशेष संसद बोलाएर यस विषयमा छलफल गराउनु पर्दछ’, कांग्रेसले भनेको छ, ‘संक्रमण रोक्नका लागि सरकारले कुनै पनि कार्यक्रम ल्याएन भने विरोधका कार्यक्रमहरूलाई अगाडि बढाइनेछ ।’

‘जनताको जीवन कष्टकर हुँदै गएको छ’, कांग्रेसले भनेको छ, ‘त्यसमा पनि कुनै राहतको व्यवस्था सरकारले गरेको छैन ।’

सभापति देउवाले सम्पूर्ण नागरिकहरूलाई समाजिक दुरी कायम गर्न, मास्क लगाउन, पटक–पटक हात धुन र सेनिटाइजरको प्रयोग गर्न समेत आग्रह गरेका छन् ।

Published : Friday, 2020 October 16, 5:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया