बालुवाटार जग्गा काण्डपछि विष्णु पौडेललाई अर्थ मन्त्रालय चिठ्ठै पर्‍यो

काठमाडौं । बालुवाटारको सरकारी जग्गा काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सफाई पाएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले आकर्षक मन्त्रालय पाएका छन् ।

छोरा नवीन पौडेलको नाममा बालुवाटारको आठ आना जग्गा दर्ता गराएका पौडेलले विरोध भएपछि फिर्ता गरेका थिए ।

विष्णु पौडेल र उनका छोरा नवीन पौडेललाई बालुवाटार जग्गा काण्डमा अख्तियारले उन्मुक्ति दिएको भनेर विरोध भएको थियो ।

तर, पौडेलले आठ आना जग्गा फिर्ता गरेको बहानामा अख्तियारले उन्मुक्ति दिएको थियो ।

ललितपुर जिल्लाको भैँसेपाटीमा पौडेलको भव्य भवन छ । रुपन्देहीमा सुकुम्वासी टोलमा उनको घर छ ।

राजनीतिमा छिटै फड्को मारेका पौडेल पटक–पटक मन्त्री बन्ने र पार्टीका महत्वपूर्ण जिम्मेवारीमा पुग्ने भाग्यमानी थोरै नेताहरूमा पर्छन् ।

एमाले र माओवादीबीच पार्टी एकीकरण भएपछि ईश्वर पोखरेललाई महासचिवबाट चिप्ल्याएर पौडेलले महासचिव पड्काएका थिए ।

अहिले आएर फेरि पौडेलले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई रिझाएर अर्थ मन्त्रालय कब्जा गरेका छन् । यसअघि पनि पौडेल अर्थ मन्त्री बनिसकेका छन् ।

धेरै बोल्न नरुचाउने पौडेल आफ्ना विरोधीहरूलाई कसरी ठेगान लगाउनुपर्छ भन्ने कुटनीति राम्रोसँग जानेका छन् ।

Published : Wednesday, 2020 October 14, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया