काेराेनाका बेला ओलीद्वारा तीन नयाँ मन्त्री थप, पोखरेलको मन्त्रालय खोसियो

काठमाडौं । कोरोना महामारीका बेला जनताले सहज रुपमा स्वास्थ्य सेवा नपाएको भनेर गुनासो आइरहेका बेला प्रधानमन्त्री खड्गप्रसाद ओलीले मन्त्रिपरिषदमा हेरफेर गर्दै तीन जना नयाँ मन्त्री थप गरेका छन् ।
राष्ट्रपति कार्यालयद्वारा बुधबार साँझा जारी विज्ञप्ति अनुसार ओलीले नेकपाका महासचिव विष्णु पौडेललाई अर्थ मन्त्री नियुक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई रक्षाबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेका छन् । ओलीले रक्षा मन्त्रालय आफैंसँग राखेका छन् ।
ओलीले सहरी विकास मन्त्रीको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिएका छन् ।
लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनाइएको छ ।
महिला बालबालिका मन्त्री रहेका पार्वत गुरूङलाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया