ललितपुरमा वन मास्ने समूह पक्राउ, महत फरार, छुटाउन कम्युनिस्ट सांसद सिलवाल सक्रिय

जवलाखेल । ललितपुर जिल्लाको टीका भैरबमा सरकारी वन मासेर नोक्सानी गर्ने माइला लामा, प्रितम खत्री र सुदीप डोटेललाई प्रहरीले पक्राउ गरेको छ ।

शेखर महत भने फरार भएका छन् । महत नाताले नेकपाका सांसद नवराज सिलवालका भाञ्जा पर्छन् ।

गोदावरी नगरपालिका वडा नम्बर ६ टीका भैरब नजिक रहेको सरकारी वन मासेको अभियोगमा प्रहरीले लामा, खत्री र डोटेललाई गोदावरी नगरपालिकाको स्टिङ अप्रेसनले प्रहरी परिचालन गरि प्रक्राउ गरेको हो ।

शेखर महत फरार भए पनि पक्राउ परेका अन्यलाई छुटाउन नेकपाका सांसद सिलवाल जवलाखेल प्रहरीमा पुगेका छन् ।

सिलवाल र कम्युनिस्ट स्थानीय नेता गम्भीर रानाको संरक्षणमा फरार रहेका महतले वर्षौदेखि सरकारी वन मास्दै आइरहेका थिए ।

महत सरकारी वन मासेर करोडौं कुम्ल्याइ सकेका छन् ।

पटक–पटक पक्राउ गरेपनी महतलाई सांसद सिलवालको दबाबमा छुट्दै आएका छन् ।

पक्राउ परेका लामा, खत्री र डोटेललाई महानगरीय प्रहरी परिसर जावलाखेल लगिएको छ ।

Published : Wednesday, 2020 October 14, 4:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया