खतिवडाको चेतावनीले कांग्रेसविरुद्ध बोल्ने बाबुरामको दरबार हल्लियो

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई जथाभावी बोल्नु अगाडि बिचार गर्न चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसले आइतबार जारी गरेको विज्ञप्तिसहित ट्वीट गर्दै खतिवडाले डा.भट्टराईलाई जिम्मेवार बन्न सुझाव दिएका हुन् । उनले घुमाउरो भाषामा डा.भट्टराईलाई मुख सम्हाल्न चेतावनी दिएका छन् ।

‘क.बाबुराम भट्टराई ज्यू, तपाईंले आबेगपूर्ण भाषण गोरखाको पालुङटारमा गर्नु भएछ’, खतिवडाले भनेका छन्, ‘म पनि बारम्बार आफ्नो निर्वाचन क्षेत्रमा जान्छु । तर, हामीले जनतालाई बकम्फुसे कुरामा अल्मलाउनु हुन्न ।’

खतिवडाले डा.भट्टराईलाई विभिन्न पार्टी छाड्दै हिँड्दै गरे जस्तो राजनीतिलाई नलिन सुझाव दिएका छन् । उनले जिम्मेवार राजनीति गर्न सुझाव दिएका छन् ।

‘तपाईंले पार्टी चाहारे जस्तो मात्रै राजनीति होइन’, उनले भने, ‘कांग्रेसको यो कुरामा जवाफ दिनु होला ।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डा.भट्टराईले दिएको अभिव्यक्तिको कडा रुपमा प्रतिवाद गर्दै खतिवडाले जवाफ मागेको छन् ।

डा.भट्टराईले देउवाविरुद्ध बुढीगण्डकीमा भ्रष्टाचार गरेको अभिव्यक्ति दिएपछि चौतर्फी रुपमा एक्लिदै गएका छन् । नराम्रोसँग फस्दै गएपछि पछिल्लो पटक डा.भट्टराईले निष्पक्ष छानविन गरौँ भनेर बच्न खोजेका छन् ।

Published : Monday, 2020 October 12, 10:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया