कांग्रेसका एक दर्जन केन्द्रीय सदस्यद्वारा भालुबाङको स्वागत, बखेडा नगर्न अनुराेध

काठमाडौं । दाङको भालुबाङलाई प्रदेश ५ को राजधानी प्रस्ताव गरिएकोमा नेपाली कांग्रेसका झण्डै एक दर्जन केन्द्रीय सदस्यहरूले स्वागत गरेका छन् ।

दीपक गिरीसहित ९ जना केन्द्रीय सदस्यहरूले भालुबाङलाई प्रदेशको राजधानी र लुम्बिनी नामको स्वागत गरेका हुन् । स्वागत गर्नेमा नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुन पनि रहेका छन् ।

उनीहरूले विगतमा आफूहरूले भालुबाङलाई केन्द्र बनाइ राजधानी बनाउन दवाव दिँदै आएको संयुक्त विज्ञप्तिमार्फत जनाएका छन् । उनीहरूले प्रदेश सभामा राजधानीका विषयलाई लिएर भएको हर्कतप्रति चिन्ता समेत जनाएका छन् ।

केन्द्रीय सदस्यहरूले वैज्ञानिक आधारमा तोकिएको राजधानीका विषयमा धेरै बखेडा नगर्न पनि अनुरोध गरेका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्नेमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू दीपक गिरी, किशोरसिंह राठौर, पार्वती डिसी चौधरी, शिला खड्का गौतम, डा.गोपाल दहित, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी, कृष्णकिशोर घिमिरे, सञ्जयकुमार गौतम, नेपाली कांग्रेस रोल्पाका जिल्ला सभापति अमरसिंह पुन रहेका छन् ।

Published : Tuesday, 2020 October 6, 9:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया